नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै

हिमाल प्रेस ७ साउन २०८० ६:५९
4
SHARES
नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस आज मनाइँदैछ।

देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी उनको स्मृति दिवस मनाउने तयारी छ।

विभिन्न कम्युनिस्ट पार्टी एवम् भातृ संगठनले विविध कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन्।

सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेको छ।

नेकपा एकीकृत समाजवादीले पुष्पलाल स्मृति उद्यानमा एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ।

यस्तै अन्य कम्युनिस्ट पार्टीहरूले पनि विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाउँदैछन्।

भारतको कोलकतामा ००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए।

रामेछापको भंगेरीमा १९८१ साल असारमा जन्मिएका पुष्पलाल वैचारिक रूपले सशक्त र आम नेपालीका लागि प्रेरणादायी नेताका रूपमा परिचित छन्।

जनमतका हिसाबले ठूलो हिस्सा कम्युनिस्ट र वामपन्थी भएपछि विभिन्न टुक्रामा विभक्त हुँदा उनले देखेको सपना पूरा हुन नसकेको गुनासो कायमै छ।

संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवम् गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको कम्युनिस्ट नेताहरूले बताउँदै आएका छन्।

पुष्पलाललगायतका शीर्ष कम्युनिस्ट नेता तथा कार्यकर्ताको सपना पूरा गर्ने लक्ष्यका साथ एकीकृत कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरिएको भए पनि त्यसले मूर्तता पाउन नसकेको र बलियो पार्टी नबन्दासम्म समाजवादको लक्ष्य पूरा हुन नसक्ने माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बताइन्।

प्रकाशित: ७ साउन २०८० ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =