सांसद शर्माले किन मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा?

हिमाल प्रेस ५ साउन २०८० १५:१६
26
SHARES
सांसद शर्माले किन मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन्।

उनले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउन अनुरोध गरे। अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम मिल्दो नभएको बताए।

‘अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृह मन्त्रालयको डीआईजीको नेतृत्वमा नेपाल प्रहरीहरू विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा देख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल धन्यवादको प्राप्त हुन्,’ शर्माले भने,‘नैतिकताका हिसावले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ।’

सांसद शर्माले दुवै जना मन्त्रीहरुले तत्काल राजीनामा दिइ अनुसन्धानलाई सहज बनाउनुपर्ने बताए।

प्रकाशित: ५ साउन २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =