सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट

हिमाल प्रेस २ साउन २०८० १८:४४
सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट

काठमाडौँ- सिटिजन्स बैंकका ग्राहकले विभिन्न संघ संस्थामा छुट पाउने भएका छन्। त्यसका लागि ती संघसंस्थाहरूसँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ। बैंकका ग्राहकले काठमाडौँको तिनकुनेमा रहेका रिद्धि सिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउने छन्।

त्यस्तै ललितपुरको भैसेपाटीमा रहेको अर्बन स्माइल डेन्टल केयरका सेवाहरूमा २५ प्रतिशत सम्म छुट पाउने सम्झौतामा उल्लेख छ। त्यस्तै न्युरोडको सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवामा पनि ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने बैंकले बताएको छ। छुट पाउन डिजिटल बैंकिङमार्फत कारोबार गर्नुपर्ने बैंकको भनाइ छ।

प्रकाशित: २ साउन २०८० १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =