सिटिजन्स बैंकले गर्‍यो दुई संस्थासँग सम्झौता

हिमाल प्रेस १६ साउन २०८० १८:०४
सिटिजन्स बैंकले गर्‍यो दुई संस्थासँग सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलले दुई संस्थासँग सम्झौता गरेको छ। बैंकले चितवनको भरतपुरमा रहेको होटल चितवन प्रालि र काठमाडौँको बागबजारमा रहेको डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टर प्रालिसँग सम्झौता गरेको हो। सम्झौताअनुसार दुवै संस्थामा बैंकका ग्राहकले छुट पाउने छन्।

बैंकका ग्राहकले कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा छुट पाउने छन्। चितवन होटेलमा २५ प्रतिशत र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्म छुट पाइने सम्झौतामा उल्लेख छ।

प्रकाशित: १६ साउन २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =