सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौँडा रिसोर्टमा छुट

हिमाल प्रेस २५ साउन २०८० २०:२८
10
SHARES
सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौँडा रिसोर्टमा छुट

काठमाडौँ- सिटिजन्स बैंकका ग्राहकले काठमाडौँको पुतलिसडकमा रहेको हटपिज रेस्ट्रो र मकवानपुरको रेगल हेटौँड रिसोर्टमा छुट पाउने भएका छन्। त्यसका लागि दुवै संस्थासँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

बैंकको मोबाइल बैंकिङ र कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले हटपिजमा १० प्रतिशत र रेगलमा १५ प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकको भनाइ छ।

प्रकाशित: २५ साउन २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 9 =