कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजबाट

हिमाल प्रेस २ साउन २०८० ६:२०
2
SHARE
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजबाट कांग्रेस बैठक। फाइल तस्ब‍िर

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज(मंगलबार) बस्दैछ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकका लागि लागि १० वटा एजेन्डा तय गरिएको छ।

विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्छ। तर, एक वर्षपछि बैठक बस्न लागेको हो। २०७९ साल असार २७ देखि २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बसेको थियो।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो।

एजेन्डाका रूपमा समसामयिक राजनीतिक विषय रहनेछ। यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने छ। ​

त्यसैगरी बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिकासमेत एजेन्डाका रुपमा प्रस्तुत हुनेछ। कार्यसम्पादन समितिले गरेका निर्णयहरुको अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि छलफल र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि बैठकमा प्रस्तुत हुने जनाइएको छ।

केन्द्रीय कार्यसमिति बैठकमा विभागहरु गठनका साथै पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत हुनेछ। अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि तय भएको छ।

पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिका सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउनेछन्। उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधि सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यसूची तय भएको छ।

प्रकाशित: २ साउन २०८० ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =