स्वास्थ्यमन्त्री बस्नेतसँग बेलायती कार्यवाहक राजदूतको भेट

हिमाल प्रेस २७ असार २०८० १०:२२
2
SHARE
स्वास्थ्यमन्त्री बस्नेतसँग बेलायती कार्यवाहक राजदूतको भेट

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका लागि बेलायती दूतावासका कार्यवाहक राजदूत पिप्पा बर्डले बुधबार शिष्टाचार भेटघाट गरेकी छन्।

मन्त्रालयमा भएको भेटघाटमा मन्त्री बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत बलियो साझेदार भएको बताउँदै नेपालको स्वास्थ्य प्रणाली सुधारमा बेलायत सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेका छन्।

२२ वर्षअघि आफू स्वास्थ्य राज्यमन्त्री भएका बेला बेलायत भ्रमण गरेको स्मरण गर्दै मन्त्री बस्नेतले बेलायतबाट नेपालले धेरै कुरा सिक्न चाहेको बताए। स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोगका लागि मन्त्री बस्नेतले बेलायत सरकारलाई धन्यवाद पनि दिएका थिए।

कार्यवाहक राजदूत पिप्पा बर्डले नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरण र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सहयोग गर्न बेलायत सरकार तयार रहेको बताइन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालको स्वास्थ्य क्षेत्र सुधारमा बेलायत सरकारको सहयोग उल्लेखनीय रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =