राप्रपाले भन्यो : प्रधानमन्त्रीमा नैतिकता जीवित छ भने राजीनामा दिनुपर्छ

हिमाल प्रेस २५ असार २०८० १६:३८
14
SHARES
राप्रपाले भन्यो : प्रधानमन्त्रीमा नैतिकता जीवित छ भने राजीनामा दिनुपर्छ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फेरि प्रधानमन्त्रीको राजीनामा मागेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनल नैतिकताका आधारमा प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने बताए।

‘यो भन्दा ठुलो नैतिकताको विषय अरू हुन सक्दैन,’ उनले भने,’प्रधानमन्त्रीमा नैतिकता भन्ने जीवित छ भने राजीनामा दिनुपर्छ।’

लिङ्देनले संसद्‌मा तीन ठूला दलले जे निर्णय गर्‍यो त्यो स्वीकार्य नहुने पनि बताए।

प्रकाशित: २५ असार २०८० १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =