रमाइला नानी पुरस्कार रामबाबु सुवेदीलाई

हिमाल प्रेस २४ असार २०८० २१:४०
10
SHARES
रमाइला नानी पुरस्कार रामबाबु सुवेदीलाई

काठमाडौँ- यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामबाबु सुवेदीलाई प्रदान गरिएको छ।

पाँच दशकदेखि सरल सिर्जनाका माध्यमले बालबालिकाको मनमा गहिरो छाप छोड्न सफल सुवेदीको योगदानको मूल्यांकन  गर्दै सो पुरस्कार प्रदान गरिएको आयोजक संस्था ‘कृष्ण साहित्य सदन’ले जानकारी दिएको छ।

सुवेदीलाई डा. तीर्थबहादुर श्रेष्ठले काठमाडौँमा आयोजित एक समारोहबीच पुरस्कार प्रदान गरेका हुन्।

रसिला र मनोरञ्जक बालगीत र बालकवितामार्फत बालबालिकामा देशप्रेम र मानवप्रेमको भावना जगाउन सुवेदीको सिर्जना सफल भएको सदनको भनाइ छ। कास्कीमा जन्मिएका सुवेदीका बालकविता र बालगीत अद्वितीय मानिन्छन्।

प्रकाशित: २४ असार २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =