राजसंस्थासम्बन्धी नीति पुनर्विचार गर्न राप्रपा नेपालले बनायो समिति

हिमाल प्रेस २४ असार २०८० १७:२८
58
SHARES
राजसंस्थासम्बन्धी नीति पुनर्विचार गर्न राप्रपा नेपालले बनायो समिति

काठमाडौँ- राप्रपा नेपालले राजसंस्थासम्बन्धी नीति पुनर्विचार गर्न समिति बनाएको छ। आइतबार काठमाडौँमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपाध्यक्ष प्राडा विष्णुबहादुर भण्डारीको संयोजकत्वमा समिति गठन गरेको हो।

समिति सदस्यमा केशवराज श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, हिक्मत बहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन्। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ।

यस्तै सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धन गर्नका  लागि राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निर्णयसमेत गरेको छ। परिषद्को अध्यक्षमा प्राडा विष्णुबहादुर भण्डारीलाई मनोनयन गरिएको छ।

साथै पार्टीसँग आवद्ध भातृसंगठनहरू राष्ट्रिय खेलकुद संगठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान संगठन नेपालको अध्यक्षमा डम्बरप्रसाद शिवाकोटी, सदस्य सचिवमा जनक फडेरा, राष्ट्रिय अपांग संगठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम संगठन नेपालको अध्यक्षमा मो. खालिद इकवाल इराकीलाई जिम्मेवारी तोकिएको छ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक भदौको दोस्रो साता बस्ने निर्णय गरिएको छ।

प्रकाशित: २४ असार २०८० १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =