एमालेले सत्तालाई प्राथमिकता दिएको छैन : शंकर पोखरेल

हिमाल प्रेस २३ असार २०८० १४:२८
4
SHARES
एमालेले सत्तालाई प्राथमिकता दिएको छैन : शंकर पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर।

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी एमालेले सत्तालाई प्राथमिकता नदिएको बताएका छन्। कमजोरहरूको सहकार्यबाट राष्ट्रनि र्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको उनले बताए।

नेकपा (एमाले) रामेछाप-काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुक निर्माण गर्न सकिने बताए। त्यसका लागि आफ्नो पार्टी लागिपरेको उनको भनाइ थियो।

मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढनुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनाव लगत्तै आफ्नो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गराउने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको उनको भनाइ थियो।

प्रकाशित: २३ असार २०८० १४:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =