प्रदीप पौडेलको आग्रह : रिस उठ्दैमा पार्टीका नेतालाई नराम्रो नलेखौँ

हिमाल प्रेस २३ असार २०८० १३:४१
4
SHARES
प्रदीप पौडेलको आग्रह : रिस उठ्दैमा पार्टीका नेतालाई नराम्रो नलेखौँ फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहे २०८४ मा कुनैपनि पार्टीसँग मिलेपनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके मात्र कांग्रेस डराउनु नपर्ने बताए।

उनले कांग्रेसको मुख्यकुरा मिसन ०८४ हो भने उनले सरकारमा अहिले भएको बेलामा जनताका लागि काम गर्न नसके कांग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न आग्रह गरे।

नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे।

पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उनको भनाइ थियो। नेता पौडेलले चुनावका बेला प्रतिस्पर्धीले सोही पार्टीका विरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लिएर जाने गरेके भन्दै आफ्नो प्रमाण आफैँले पेस गर्ने काम नगर्न आग्रह गरे।

प्रकाशित: २३ असार २०८० १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eight =