कांग्रेसकै विचार र सिद्धान्तकै कारण लोकतन्त्र स्थापना : आरजु

हिमाल प्रेस २२ असार २०८० १६:३५
26
SHARES
कांग्रेसकै विचार र सिद्धान्तकै कारण लोकतन्त्र स्थापना : आरजु फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छन्।

कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय कार्यसमिति सदस्यहरूको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले भनिन्, ‘विगतमा नेपाली कांग्रेसले लिएको सिद्धान्तकै कारण आज मुलुकमा लोकतन्त्र स्थापना भएको हो र लोकतान्त्रिक शासन व्यवस्थाका कारण नै देश विकासले गति लिएको हो।’

डा राणाले नेपालमा विसं २००७ सालको क्रान्तिदेखि विसं २०४६ मा प्रजातन्त्रको पुनस्थापना र विसं २०६२/६३ को जनआन्दोलनको नेतृत्व एवं अगुवाइ नै नेपाली कांग्रेसले गरेको स्मरण गर्दै पार्टीको यो गौरवशाली इतिहासलाई मनन् गरेर तरुण दलका कार्यकर्ताहरु लाग्नुपर्ने बताइन्।

नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले समय समयमा लडेको र जसका कारण नेपाली नागरिकले अहिलेको गणतान्त्रिक व्यवस्था प्राप्त गर्न सकेका पनि उल्लेख गरिन्।

प्रकाशित: २२ असार २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + three =