सहरमा आज : १३ औँ हप्तामा ‘जारी’, तीन नाटक र चित्रकला प्रदर्शनी

सुस्मिता बजगाईं २३ असार २०८० ५:४६
54
SHARES
सहरमा आज : १३ औँ हप्तामा ‘जारी’, तीन नाटक र चित्रकला प्रदर्शनी

काठमाडौँ- असारको चौथो शनिबार। आज उपत्यकामा तीन नाटक मञ्चन भइरहेको छ- ‘ट्युवेल’, ‘हिँउभन्दा चिसो’ र ‘लेट्स अभिनय गरौँ’। प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले छुट्टाछुट्टै साहित्यिक, बालसाहित्य, धार्मिक, राजनीतिक, अर्थशास्त्र, सौन्दर्यशास्त्रलगायतका विभिन्न पुस्तक प्रदर्शनी राखेका छन्।

सिद्धार्थ आर्ट ग्यालरीमा ‘लस्ट इन ट्रान्जिक्सन’ र ‘पर्खाइ’ नामक चित्रकला प्रदर्शनी जारी छ।

त्यस्तै हलहरूमा नेपाली, हलिउड र हिन्दी गरी ९ फिल्म प्रदर्शनरत छ। वैशाख १ गतेदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘जारी’ १३ औँ हप्तामा हलमा चलिरहेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी भइरहेको छ। प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा असार ८ गतेदेखि सुरू भएको प्रदर्शनी असार २३ सम्म चल्नेछ।

प्रदर्शनीमा लोक साहित्य, कौटिल्यको अर्थशास्त्र, मार्क्सवादी सौन्दर्य चिन्तन, सौन्दर्यशास्त्र, साहित्य सिद्धान्त, बाल साहित्यका गरी लगभग ६ सय पुस्तक राखिएको छ।

त्यस्तै प्रज्ञामै साझा प्रकाशनले पनि पुस्तक प्रदर्शनी राखेको छ। लगभग पाँच सय पुस्तक पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा छन।

पुरानो नाटकघरमा ‘ट्युवेल’

सिनामंगलस्थित पुरानो नाटक घरमा असार १५ गतेदेखि नाटक ‘ट्युवेल’ मञ्चन भइरहेको छ। नाटकमा तराईका किसानहरूले सिँचाइसम्बन्धि भोगेका समस्यालाई देखाइएको छ।

रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा निशा दाहाल, अरविन्दकुमार मौर्य, भुवन लुहार, श्रवण यादव, राजिव चौधरी, कुन्दन थारु, रोहित रजकलगायत कलाकारको अभिनय छ।

आगामी साउन १५ सम्म चल्ने नाटक बुधबारबाहेक साताको प्रत्येक दिन साँझ सवा पाँच बजे मञ्चन हुनेछ। आज शनिबार भने दिउँसो १ बजे अतिरिक्त सो मञ्चन हुनेछ।

मण्डलामा ‘हिउँभन्दा चिसो’

थापागाउँस्थित मण्डला थिएटरमा असार ८ गतेदेखि नाटक ‘हिँउभन्दा चिसो’को मञ्चन जारी छ। नाटक आगामी साउन १४ गतेसम्म मञ्चन गरिनेछ। मण्डला थिएटर नेपालको प्रस्तुति रहेको नाटकका निर्देशक सोमनाथ खनाल हुन्।

नाटकमा कलाकार भोला सापकोटा, रेणु योगी र गोविन्द सुनारले अभिनय गरेका छन्। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ पौने ६ बजे मञ्चन भइरहेको नाटक आज शनिबार दिउँसो साढे २ बजे अतिरिक्त सो मञ्चन हुनेछ।

कौसी थिएटरमा ‘लाइक लेट्स अभिनय गरौँ’

टेकुस्थित कौसी थिएटरमा असार ६ गतेदेखि नाटक ‘लाइक लेट्स अभिनय गरौँ’ मञ्चन भइरहेको छ। नाटकमा नव पुस्ताका युवायुवतीको जीवन कथालाई गीतसंगीतमार्फत मञ्चन गरिएको छ।

सुधाम सिकेले निर्देशन गरेको नाटकमा नरेश गजुरेल र शिवराज जोशीको संगीत र अभिषेक खड्का, आदित्य पोखरेल, आशिष काफ्ले, अवनति बानियाँ, विजय नेपाल, बिनिता लामा गुरुङ, विनोद धामी, विशाल क्षेत्रीलगायत कलाकारहरूले अभिनय गरेका छन्।

नाटक मञ्चनको आज अन्तिम दिन हो। मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ साढे ५ बजे मञ्चन हुने नाटक आज (शनिबार) भने दिउँसो साढे १ बजेको अतिरिक्त मञ्चन हुनेछ।

लस्ट इन ट्रान्जिक्सन

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा असार २ गतेदेखि ‘लस्ट इन ट्रान्जिक्सन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा राखिएका चित्रकलाका स्रष्टा मन गुरुङ हुन्।

साउन २ गतेसम्म चल्ने प्रदर्शनी दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। शनिबार भने अपराह्न १२ बजेपछि मात्र प्रदर्शनी खुल्नेछ।

पर्खाइ (अ वेइटिङ)

सिद्वार्थ आर्ट ग्यालरीमै असार १३ गतेदेखि ‘पर्खाइ (अ वेइटिङ) नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी असार २४ गतेसम्म चल्नेछ।

प्रदर्शनीमा रीति महर्जनले कोरेका चित्रहरू राखिएका छन्। ‘पर्खाइ’ मा माइग्रेसन र विस्थापनको पीडा सहने पुरुष, महिला र बालबालिकाको कथाअंकित चित्रहरू छन्।

हलमा कुनकुन फिल्म

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘परस्त्री’, ‘नीरफूल’ र ‘जारी’ हलमा चलिरहेका छन्।

हिन्दीमा ‘स्पाई’, ‘सत्यप्रेम की कथा’ र ‘जरा हट्के जरा बच्के’ अंग्रेजीमा ‘इन्सिडियस : द रेड डोर’, ‘इन्डियाना जोन्स एन्ड द डायल अफ डेस्टिनी’, ‘द फ्याक्स’ र ‘स्पाइडर-म्यान: अक्रस द स्पाइडर-भर्स’ प्रदर्शन भइरहेका छन्।

परस्त्री

असार १४ गतेदेखि हलहरुमा फिल्म ‘परस्त्री’ चलिरहेको छ। फिल्मका निर्देशक सुरज पाण्डे हुन्। फिल्म विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा बनेको छ।

फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, गीता विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ। आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाज, क्यूएस सिनेमाजमा फिल्म ‘परस्त्री’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, क्यूएस सिनेमाज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हल, विश्वज्योति हल फिल्म ‘परस्त्री’ चलिरहेका अन्य हल हुन्।

जारी

वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा १३ औँ हप्तामा चलिरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्मलाई निकैले रुचाएका छन्।

फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङलगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मलमा र बीएसआर मुभिजमा फिल्म ‘जारी’ प्रदर्शनरत छ।

स्पाई

दक्षिण भारतीय फिल्म ‘स्पाई’ असार २२ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्ममा लिखिल सिद्धार्थ, ऐश्वर्या मेनन, आर्यन राजेशलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक ग्यारी भा हुन्।

आज क्यूएफएक्स सिनेमा अन्तर्गत सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टरमा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, बिग मुभिज, सीडीसी सिनेमाजमा दक्षिण भारतीय फिल्म ‘स्पाई’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, क्यूएस सिनेमाज, सीके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल दक्षिण भारतीय फिल्म ‘स्पाई’ चलिरहेका अन्य हल हुन्।

सत्यप्रेम की कथा

हिन्दी फिल्म ‘सत्यप्रेम की कथा’ असार १४ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्म कमेडी र ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक समीर विद्वान्स हुन्। फिल्ममा कार्तिक आर्यान, कियारा आडवाणी मुख्य भूमिकामा छन्।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्म प्रदर्शन हुनेछ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, बिग मुभिज, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सीडीसी सिनेमाजमा फिल्म ‘सत्यप्रेम की कथा’ चलिरहेको छ।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, क्यूएस सिनेमाज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स हिन्दी फिल्म ‘सत्यप्रेम की कथा’ चलिरहेको अन्य हल हुन्।

जरा हट्के जरा बच्के

हिन्दी फिल्म ‘जरा हट्के जरा बच्के’ जेठ १९ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा विक्की कौशल, सारा अलि खान, मेघा अग्रवाललगायतको अभिनय छ। आज उपत्यकामा बिग मुभिजमा फिल्मको दुई सो छ।

इन्सिडियस : द रेड डोर

हलिउड फिल्म ‘इन्सिडियसः द रेड डोर’ असार २२ गतेदेखि नेपाली हलहरूमा चलिरहेको छ। फिल्मका निर्देशक पेट्रिक विल्सन हुन्। हरर र थ्रिलर नजरामा बनेको फिल्म रोय बायर्न, पेट्रिक विल्सन, टाई सिम्पकिन्स, हियम अब्बासलगायत कलाकारको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, बिग मुभिज, सीडीसी सिनेमाज र क्यूएस सिनेमाजमा अंग्रेजी फिल्म ‘इन्सिडियसः द रेड डोर’ फिल्म प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, क्यूएस सिनेमाज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स हलिउड फिल्म ‘इन्सिडियसः द रेड डोर’ चलिरहेको अन्य हल हुन्।

इन्डियाना जोन्स एन्ड द डायल अफ डेस्टिनी

असार १५ गतेदेखि नेपाली हलहरूमा हलिउड फिल्म ‘इन्डियाना जोन्स एन्ड द डायल अफ डेस्टेनी’ प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र एडभेन्चर जनरामा बनेको छ।

फिल्मका निर्देशक जेम्स मङ्लोड हुन्। फिल्ममा ह्यारिसन फर्ड, फोबी वालर ब्रिज, मेड्स मिकेल्सन, एन्टोनियो बेन्डेरस टोब्स जोन्सको अभिनय छ। यो इन्डियाना जोन्स फेन्चाइजीको पाँचौँ संस्करण हो।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।

द फ्ल्यास

हलिउड फिल्म ‘द फ्याक्स’ असार १ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेन्चर जनरामा बनेको फिल्ममा कलाकार सासा काले, बेन एफलेक, माइकल किटन, माइकल स्यानन, एज्रा मिलर, टेमुएरा मोरिसन, एन्जे ट्राउ, रोन लिभिङ्ग्स्टनको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत लबिम मलमा फिल्मको एक सो छ।

स्पाइडर-म्यान : अक्रस द स्पाइडर-भर्स

जेठ १९ गतेदेखि नेपालमा हलिउड फिल्म ‘स्पाइडर-म्यानः अक्रस द स्पाइडर-भर्स’ को प्रदर्शन जारी छ। फिल्ममा समिक मुर, हेली स्टेनफेल्ड, अस्कर आइज्याक, जोक जोन्सन, इसा रे, ब्रायन टायरी हेनरी, लुना लरेन भेलेज, राहेल ड्राचको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत लबिम मल र छाया सेन्टरमा फिल्मको एकएक सो छ।

प्रकाशित: २३ असार २०८० ५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =