एमालेसँग सहमति नहुँदा स्थगित भयो प्रतिनिधिसभा बैठक

हिमाल प्रेस २२ असार २०८० १५:१८
4
SHARES
एमालेसँग सहमति नहुँदा स्थगित भयो प्रतिनिधिसभा बैठक कार्य व्यवस्था समितिको बैठकमा छलफल गर्दै दलका नेताहरू । तस्बिर : सभामुख सचिवालय

काठमाडौँ- नेकपा एमालेले बैठक अवरुद्ध गर्ने अडान राखेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

एमालेलाई सहमतिमा ल्याउन सभामुख देवराज घिमिरेले कार्य व्यवस्था समिति बैठक समेत बोलाएका थिए। तर एमालेले सहमति नगर्ने र संसद् अवरुद्ध जारी राख्ने बताएको थियो।

समितिको बैठकमा घिमिरेले संसद् अवरुद्ध गरेर विधेयक निष्क्रिय बनाउनु गलत भएको बताएका थिए। ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला।’ उनले थपे,‘त्यसका लागि सहजीकरण गर्न म तयार छु।’

उनले सूचना टाँस गरेर बैठक स्थगित गर्ने बताएका थिए। बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपालगायतका प्रमुख सचेतक, सचेतक र सांसदको उपस्थिति थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर एमालेले बारम्बार संसद् अवरोध गरिरहेको छ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार एक व्यक्तिले आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली पुगेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री बनाउन भारतको हात रहेको अर्थ लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाले संसद् बैठक अवरुद्ध गरिरहेका छन्।

सभामुख घिमिरेले आउँदो आइतबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रकाशित: २२ असार २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 7 =