कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै

हिमाल प्रेस २२ असार २०८० ९:०५
6
SHARES
कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक शुक्रबार (आज) पनि बस्ने भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने भएको हो।

बिहीबारदेखि सुरु भएको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफ्नो धारणा राख्ने बताइएको छ।

बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरू सहभागी रहेका छन्।

जिल्ला सभापतिहरूले धारणा सुनेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफसहित पार्टीको निर्देशन दिने तयारी छ।

बैठकमा पार्टी सदस्यतालाई प्रविधिमैत्री बनाउनेदेखि संगठनका गतिविधिमाथि छलफल भइरहेको छ।

१४ औं महाधिवेशनपछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक गरेको हो।

प्रकाशित: २२ असार २०८० ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =