प्रधानमन्त्रीको अभिव्यक्तिले अप्ठ्यारो महसुस भएको छ : गगन थापा

हिमाल प्रेस २१ असार २०८० २०:०५
24
SHARES
प्रधानमन्त्रीको अभिव्यक्तिले अप्ठ्यारो महसुस भएको छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसद्मा आफ्नो धारणा राख्नुपर्ने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस भएको बताएका हुन्।

उनले प्रधानमन्त्री दाहालले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्न नहुने र शोभनीय नभएको पनि बताए। प्रधानमन्त्री स्वयंले यस विषयमा संसद्मा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने पनि उनको भनाइ छ।

प्रकाशित: २१ असार २०८० २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 5 =