ग्लोबल आइएमईको वैदेशिक रोजगार कर्जा, बिना धितो १ लाख ५० हजार पाइने

हिमाल प्रेस २१ असार २०८० १७:२६
6
SHARES
ग्लोबल आइएमईको वैदेशिक रोजगार कर्जा, बिना धितो १ लाख ५० हजार पाइने

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ सुरु गरेको छ।

बिना धितो वैदेशिक रोजगारीमा जाने श्रमिकले ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्। यसको स्थिर ब्याजदर १२.८० प्रतिशत तोकिएको छ।

बैंकले यूके एड, सीप दक्षता कार्यक्रम, आइएमई पे र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडसँगको सहकार्यमा यो योजना ल्याएको हो।

२१ वर्षभन्दा बढी उमेर भएका र श्रम स्वीकृति पाएका व्यक्ति यस कर्जाका लागि योग्य मानिनेछन्।

ग्लोबल आइएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नागरिकले आइएमई पे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जा १८ महिनाको अवधिमा भुक्तानी गरिसक्नु पर्नेछ।

प्रकाशित: २१ असार २०८० १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =