श्रीलंकाबाट फर्किए माधव नेपाल

हिमाल प्रेस २१ असार २०८० १६:२०
4
SHARES
श्रीलंकाबाट फर्किए माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता भएका छन्।

दिउँसो १२ बजे श्रीलंकन एयरको यूएल १८१ उडानबाट उनी स्वदेश फिर्ता भएका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

उनका अनुसार श्रीलंकन कम्युनिस्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार अध्यक्ष नेपाल श्रीलंका प्रस्थान गरेका थिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए। श्रीलंकाका राष्ट्रपति रणिल विक्रम सिंघेसँग गरेको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: २१ असार २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =