संसद्‌मा प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियो

हिमाल प्रेस २० असार २०८० १७:१७
22
SHARES
संसद्‌मा प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियो

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेर एमालेले प्रधानमन्त्रीको जवाफ नभई राजीनामा मागेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर एमालेले संसद्‌ बैठक अवरुद्ध गरेपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन्।

ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधिनता विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए। दाहालको अभिव्यक्ति राष्ट्रिय स्वाभीमान र स्वाधीनता गिराउने खालको अस्वभनिय र आपत्तिजनक रहेको ओलीको भनाइ छ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलले बुधबार संघीय संसद्को दुवै सदन अवरुद्ध गरेको थियो। प्रतिनिधिसभा बैठक आधा घण्टाको लागि स्थगित भएको भनिए पनि एक घण्टा भइसक्दा पनि बसेको छैन।

प्रकाशित: २० असार २०८० १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =