कांग्रेसमा नेता र नीतिविरुद्ध आलोचना गर्न रोक

हिमाल प्रेस १९ असार २०८० ८:५३
22
SHARES
कांग्रेसमा नेता र नीतिविरुद्ध आलोचना गर्न रोक नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागको सोमबार बसेको बैठक। तस्बिर : नेपाली कांग्रेस, केन्द्रीय कार्यालय

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई अनुरोध गरेको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले सोमबार यस्तो अनुरोध गरेको हो।

विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा सोमबार बसेको विभागको बैठकले कांग्रेसको सरकारले गरेका राम्रा कामको सन्देश जनसमक्ष पुर्‍याउने निर्णय पनि गरेको छ।  यस्तै विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ।

विभागले हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आह्वान गरेको छ। सम्पर्कमा नआउनेलाई अनधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने विभागले जनाएको छ।

विभागको दैनिक गतिविधिलाई गतिशीलताका साथ प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारीसहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवनमा राख्ने निर्णय गरिएको छ। विभागका सदस्यहरूको विशिष्ट ज्ञान, क्षमताअनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण संकलन गर्ने, विभागको कामलाई प्रभावकारी बनाउन विभिन्न समिति गठन गरिएको छ।

बैठकले निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने निर्णय गरेको छ। निर्देशिका मस्यौदा समितिमा संयोजक दीपकप्रसाद कुइँकेल र सदस्यहरू गोविन्द परियार, गणेश केसी, लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र निमग हुमागाईं छन्। तर्जुमा समितिमा समितिका संयोजक गोपालकुमार झा र सदस्यहरू तिलक राई, उमिद वागचन, हुकुम बुढा, विष्णु तिम्सिना, राघव गौतम र रम्भा मिश्र छन्।

विभागको निर्णय

१. नेपाली कांग्रेसका सभापति मा. शेरबहादुर देउवालाई सम्पूर्ण विभागका प्रमुख लगायत सदस्यहरुका तर्फबाट धन्यवाद ज्ञापन गरियो।
२. नेपाली कांग्रेसको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पुयाउने।
३.पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरु नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने।
४. विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने ।
५ विभागका सदस्यहरुको विशिष्ट ज्ञान, क्षमता अनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण संकलन गर्ने।
६. विभागको आफ्नै वेभसाईट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने र हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल
र अन्य पेजहरुलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आव्हान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने।
७ विभागको कामलाई प्रभावकारी बनाउन तपशिल बमोजिम निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले आजका मितिदेखि १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने निर्देशिका मस्यौदा समितिमा संयोजक दीपकप्रसाद कुइँकेल र सदस्यहरु गोविन्द परियार, गणेश केसी, लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र निमग हुमागाई रहनेछन् भने कार्ययोजना तर्जुमा समितिमा समितिका संयोजक गोपालकुमार का र सदस्यहरु तिलक राई, उमिद वागचन, हुकम बुढा, विष्णु तिम्सिना, राघव गौतम र रम्मा मिश्र छन्।
८. नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको आज पर्न गएको शताब्दीऔं जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरियो ।
प्रकाशित: १९ असार २०८० ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =