पाकिस्तानी दूतावासको नेपाली सेना आल्मुनी भेला

हिमाल प्रेस १८ असार २०८० १८:४४
8
SHARES
पाकिस्तानी दूतावासको नेपाली सेना आल्मुनी भेला

काठमाडौँ– नेपालका लागि पाकिस्तानको राजदूतावासले नेपाली सेनाका अधिकृतहरूको आल्मुनी भेला गरेको छ। पाकिस्तानका विभिन्न संस्थामा तालिम लिएका नेपाली सेनासँग अन्तरक्रिया तथा सम्बन्ध पुनस्र्थापनाका लागि भेला आयोजना गरिएको दूतावासले जनाएको छ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा उक्त भेलामा प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए। भेलामा बहालवाला र पूर्व सेनाको बलियो उपस्थिति थियो। शर्माले नेपाली सेनाको विकासमा पाकिस्तानको सहयोगको उच्च प्रशंसा गरे।

भेलामा दुई देशबीचको सम्बन्ध, सेनाहरूको तालिम र सहकार्यलगायत विषयमा छलफल भएको पाकिस्तानी दूतावासले जनाएको छ। भेलामा मिलेर आगामी दिनमा दुवै देशका सेनाको क्षमता विकासमा मिलेर अगाडि बढ्ने निष्कर्ष निकालिएको थियो।

नेपालका लागि पाकिस्तानका राजदूत अब्रर हस्मीले दुई देशबीचको बलियो सम्बन्धको चर्चा गरेका थिए। उनले दुवै देशका नागरिक, सेना सबै मिलेर सम्बन्ध थप बलियो बनाउनुपर्ने बताए।

प्रकाशित: १८ असार २०८० १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =