‘अदृश्य’ साउन १९ मा प्रदर्शन हुने

हिमाल प्रेस १८ असार २०८० १५:५९
10
SHARES
‘अदृश्य’ साउन १९ मा प्रदर्शन हुने

काठमाडौँ– आगामी साउन १९ गते फिल्म ‘अदृश्य’ प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै साउन १९ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

कलाकार प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्मको पोस्टरमा पनि उनीहरू नै अटाएका छन्।

फिल्ममा अन्य कलाकार प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिबक भुजेलको अभिनय छ।

आकाश उखेडाको कथा, पटकथा तथा संवाद रहेको फिल्म प्रल्हाद काफ्लेको निर्देशन, उत्तम हुमागाईं र मोहन कुमार झिल्लुको छायांकन, बनिश शाहको सम्पादनमा बनेको छ।

पिताम्बर फिल्म्सको प्रस्तुतीमा बनेको फिल्ममा समावेश गरिएको गीतमा विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको स्वर र शिशिर खातीको कोरियोग्राफी छ।

प्रकाशित: १८ असार २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =