सन्‌राइज बैंककाे भद्रपुर शाखाले बनायो यात्रु प्रतीक्षालय

हिमाल प्रेस १७ असार २०८० २०:४६
2
SHARE
सन्‌राइज बैंककाे भद्रपुर शाखाले बनायो यात्रु प्रतीक्षालय

काठमाडौँ- सन्‌राइज बैंकको भद्रपुर शाखाले यात्रु प्रतीक्षालय निर्माण गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत भद्रपुर लनभचस्थित गिरिचोकमा यात्रु प्रतिक्षालय निर्माण गरेको हो।

आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेशकुमार पोखरेल र बैंकका कोशी प्रदेश प्रमुख विनोद गजुरेलले प्रतीक्षालयको उद्घाटन गरे।

कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्की, बैंकका शाखा प्रबन्धक भरत प्रसाईलगायत उपस्थित थिए। प्रतीक्षालयले मेची राजमार्ग तथा भद्रपुर बसपार्कसम्म यात्रा गर्ने दैनिक सयौँ यात्रु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १७ असार २०८० २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =