सन्‌राइज बैंकद्वारा धनगढीमा विभिन्न सहयोग

हिमाल प्रेस २ जेठ २०८० १८:५८
2
SHARE
सन्‌राइज बैंकद्वारा धनगढीमा विभिन्न सहयोग

काठमाडौँ- सन्‌राइज बैंकले धनगढीका विभिन्न संस्थाहरूलाई सहयोग गरेको छ। बैंकले आफ्नो समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालय तथा संस्थाहरूलाई सहयोग गरेको हो।

बैंकले धनगढी-५ हसनपुरमा रहेको ऐश्वर्य विद्या निकेतनलाई ३ थान प्रोजेक्टर हस्तान्तरण गरेको छ। सोबाट शैक्षिक वातावरणमा सुधार आउने बैंकले बताएको छ। बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपालले प्रधानाध्यापक प्रेमनिधि ओझालाई प्रोजेक्टर हस्तान्तरण गरे।

प्रधानाध्यापक ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मद्दत पु¥याउने बताए। उक्त सहयोगका लागि बैंकप्रति आभार व्यक्त गरे।

बैंकका नायब महाप्रबन्धक नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन पनि हस्तान्तरण गरे। सर्वसाधारणलाई फोहोर व्यवस्थापनमा सजिलो होस् भन्ने उद्देश्यले डस्टबिन हस्तान्तरण गरिएको बैंकले बताएको छ।

मेयर गोपाल हमालले बैंकको उक्त सहयोगले ‘स्र्माट धनगढी’ बनाउने योजनामा टेवा पुग्ने बताए। साथै बैंकले धनगढीको त्रिनगर विद्यालयमा विद्यार्थीहरूलाई आफ्ना साइकल सुरक्षित राख्न सहज होस् भनेर १ सय वटा क्षमताको साइकल स्टायान्ड पनि बनाइदिएको छ।

प्रकाशित: २ जेठ २०८० १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =