एमाले नेतृत्वलाई प्रहार गरेर कोशीको समस्या हल हुँदैन : योगेश भट्टराई

हिमाल प्रेस १७ असार २०८० १८:३१
6
SHARES
एमाले नेतृत्वलाई प्रहार गरेर कोशीको समस्या हल हुँदैन : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी नेतृत्वलाई प्रहार गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन्।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै उनले कोशी प्रदेशमा पहिचान पक्षधरसँग संवाद छलफल गरेर समस्या हल गर्ने पक्षमा रहेको भन्दै एमाले नेतृत्वलाई प्रहार गरेर केही नहुने बताएका हुन्।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सबै भाषाभाषी, जातजातिलाई एमालेले स्वीकार गर्ने तर नेपाल राष्ट्र कुनै एउटा जातिको राष्ट्र नभएको उनको भनाइ छ। ‘एमाले सबैको साझा पहिचानको पक्षमा छ,’ उनले भने, ‘कोशी प्रदेशको नामकरणमा कसैको आपत्ति हुन सक्ने भएकाले संवैधानिक प्रक्रियाबाट भएको कुरालाई चित्त नबुझे अर्को संवैधानिक प्रक्रियाबाट बदल्न सकिन्छ।’

उनले समस्या समाधानका लागि संवादमा आउन पनि आह्वान गरे।

असार १४ गते नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईमाथि इलाममा आक्रमणको प्रयास भएको छ। प्रदेश १ को नाम कोशी राखेको भन्दै पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन्।

प्रकाशित: १७ असार २०८० १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =