कानुनमन्त्री गुरुङले भने : अवैध सम्पत्ति नियन्त्रण गर्न सरकारले हेलचक्य्राइँ गरेको छैन

हिमाल प्रेस १७ असार २०८० १५:५२
22
SHARES
कानुनमन्त्री गुरुङले भने : अवैध सम्पत्ति नियन्त्रण गर्न सरकारले हेलचक्य्राइँ गरेको छैन

काठमाडौँ- कानुन मन्त्री धनराज गुरूङले अवैध सम्पत्ति नियन्त्रण गर्न सरकारले हेलचक्य्राइँ नगरेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरूले उठाएका प्रश्नमाथि जवाफ दिँदै मन्त्री गुरूङले कालो धनलाई नियन्त्रण गरिने बताए।

‘कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले दायाँबायाँ केही हेर्दैन,’ उनले भने, ‘पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा सरकार पछि पर्दैन।’

उनले अवैध धन नियन्त्रण गरिने बताए। ‘यसबारे हेलचक्य्राइँ भइरहेको सन्दर्भ उठेको छ। पटक्कै हेलचक्य्राइँ गरिएको छैन,’ उनले भने, ‘ठूलो-सानो हेर्दैनौं। अनुहार हेर्दैनौं, राजनीतिक पार्टी पनि हेर्दैनौं। वित्तीय अनुशासन उल्लङ्घन गर्नेलाई छाड्दैनौं।’

प्रकाशित: १७ असार २०८० १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =