नौलिन भद्रकाली जात्रामा ड्रायगनको सांगीतिक कार्यक्रम हुने

हिमाल प्रेस १ जेठ २०८१ १५:३८
76
SHARES
नौलिन भद्रकाली जात्रामा ड्रायगनको सांगीतिक कार्यक्रम हुने

काठमाडौँ-  काठमाडौं बुढानिलकण्ठ- १३ मा वैशाख त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रा सुरू हुँदैछ।

यही अवसरमा ड्रायगन युवा क्लबद्वारा चौथो साँस्कृतिक तथा सांगीतिक कार्यक्रम घोषणा गरेको छ। कार्यक्रम आगामी जेठ १० गते बुद्ध जयन्तिका दिन बुढानिलकण्ठ-१३ स्थित गाम्चा चौरमा मध्याह्न १२ बजेदेखि सञ्चालन हुनेछ।

काठमाडौँ उपत्यकाको प्राचीन एवं सबैभन्दा पुरानो कालीमन्दिरमध्येको एक मानिने नौलिन (नौलिङ्गेश्वरी) मन्दिरको यो जात्रा पनि प्राचीन जात्रामध्येको एक हो।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरू शान्ति श्री परियार, अस्मिता अधिकारी, प्रीति आले, मेलिना मैनाली, सरोज लामिछाने र कमल खत्रीसमेतको प्रस्तुति रहने क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेश श्रेष्ठ (प्रवेश) ले जानकारी दिए।

स्थानीय तथा नेपाली कला, संस्कृति, साहित्य, वाङ्ग्मय, स्वास्थ्य, शिक्षा र खेलकुदको प्रोत्साहन तथा प्रवर्द्धनमा हामी सदैव कटिबद्ध रहेको क्लबका अध्यक्ष रोहित श्रेष्ठले बताए।

ड्रायगन युवा क्लब, दुई दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा सामाजिक, धार्मिक, सांस्कृतिक, शिक्षा तथा खेलकुदका कार्यक्रमहरूमार्फत् सकारात्मक रूपान्तरणको लागि निरन्तर स्थानीयस्तरमा कार्य गर्दै आईरहेको बुढानिलकण्ठ-१३ को प्रमुख सामाजिक संस्था हो।

यस संस्थाले समाजमा कला, साहित्य र खेलकुदको माध्यमबाट सामाजिक सद्भाव र एकता कायम गर्ने हेतुले समय–समयमा विभिन्न प्रतियोगिता तथा मैत्रीपूर्ण कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

प्रकाशित: १ जेठ २०८१ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =