५३.७० अंकले घट्यो नेप्से

हिमाल प्रेस १७ असार २०८० १५:२१
4
SHARES
५३.७० अंकले घट्यो नेप्से

काठमाडौँ– आइतबार सेयर बजार परिसूचक नेप्से ५३.७० अंकले घटेको छ। अघिल्लो हप्ता बढेको बजार आज भारी अंकका साथै घट्दै २१०० मुनी आएको छ। आइतबार नेप्से परिसूचक २०९७ बिन्दुमा झरेको छ।

आइतबार नेप्सेका सबै उपसूचक घटेका छन्। सबैभन्दा बढी लघुवित्तको उपसूचक ४.७५ प्रतिशतले झरेको छ।

आइतबार कारोबार भएकामध्ये २०७ कम्पनीको मूल्य घटेको छ। १८ कम्पनीको मूल्य भने बढ्यो।
उपसूचक ओरालो लागे पनि बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सिटी होटलको मूल्य पनि १० प्रतिशत बिन्दुले बढेको छ।

कारोबार रकमका हिसाबले आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष नम्बरमा रह्यो। यसको ४२ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। शिवम् सिमेन्टको २७ करोड ५६ लाख र सोल्टी होटल लिमिटेडको २० करोड ८६ लाख बराबरको कारोबार भयो।

आइतबार १ करोड १३ लाख २३ हजार पटक खरिदबिक्री हुँदा ५ अर्ब ८ कराड १९ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित: १७ असार २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =