२२.७५ अंकले बढ्यो नेप्से परिसूचक

हिमाल प्रेस २५ चैत २०८० १६:२५
6
SHARES
२२.७५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ- साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा हरियाली देखिएको छ। परिसूचक २२.७५ अंक अर्थात् १.१३ प्रतिशतले बढेर दुई हजार २६ अंकमा पुगेको हो। विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता सेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री भएको छ। यसैगरी आइतबारको कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार चार सय १७ रुपैयाँ पुगेको छ।

होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ। आइतबार वित्त समूह ५.९५ प्रतिशत, विकास बैंकको सूचक ३.१६ प्रतिशतले उकालो लागेको छ।

आइतबारको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन्। मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९ प्रतिशतले बढेको छ।

तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको चार दशमलव ३५, ग्लोबल आईएमई ब्यालेन्सड फन्ड–१ को तीन दशमलव १० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २.७६ प्रतिशतले घटेको छ।

प्रकाशित: २५ चैत २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =