विधेयकहरू हतारमा ल्याएर फुर्सदमा पछुताउने हुनु भएन : सांसद विराजभक्त श्रेष्ठ

हिमाल प्रेस १७ असार २०८० १२:४४
4
SHARES
विधेयकहरू हतारमा ल्याएर फुर्सदमा पछुताउने हुनु भएन : सांसद विराजभक्त श्रेष्ठ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले विधेयकहरू हतारमा ल्याएर फुर्सदमा पछुताउने खालको हुन नहुने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले हतारमा विधेयक ल्याएर फुर्सदमा पछुताउनु नहुने बताए।

यस्तै देशमा सामन्तवाद सकिए पनि त्यसको अवशेष बाँकी नै रहेको उनको भनाइ छ। उनले भने, पिलो त निको भयो। खिल अझै बाँकी रहेर देशलाई घोचिरहेको छ।’ उनले मिटरब्याजका नाममा होस् या सहकारीका नाममा जनता ठगिरहेको बताए।  मिटरब्याजमा पनि उपल्लो वर्ग नै संलग्न रहेको उनको शंका छ।

सांसद श्रेष्ठले भने, ‘स्थापित राजनीतिक दलको नेताहरू, प्रहरी उच्च पदस्थ नै यसमा संलग्न छन् भनेको सुन्छु। यसमा सरकारको ध्यानाकर्षण गराउँछु।’ यस्तै मिटरब्याजीलाई कारबाही मात्र समाधानको उपाय नभएको उनको सुझाव छ।वित्तीय साक्षरता र वित्तीय पहुँचबारे जनचेतना बढाउने हो भने समस्या कम हुँदै जाने उनले बताए।

श्रेष्ठले भने, ‘कारबाही मात्र समाजलाई सुधार गर्ने सूचक होइन, यसमा जनचेतनाका कुरा पनि ल्याउनुपर्छ।’ यस्तै उत्पादनमा आधारित सहज कर्जा प्रवर्धन गर्ने नीति ल्याउनुपर्ने बताए। उनले उखु किसान र उद्यमीको पीडा सरकारले बुझ्नुपर्नेमा जोड दिए। आर्थिक कारोबार अनौपचारिक प्रणालीबाट हुँदा राज्यलाई ठूलो घाटा भइरहेको भन्दै उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

प्रकाशित: १७ असार २०८० १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =