बाहिरको आदेशबाट प्रशासन चलेको छ : पूर्वसभामुख ढुंगाना

हिमाल प्रेस १६ असार २०८० १७:४३
8
SHARES
बाहिरको आदेशबाट प्रशासन चलेको छ : पूर्वसभामुख ढुंगाना

काठमाडौँ- पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्ले बनाएको कानुनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन्। ६५औँ संसद् दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपाली प्रशासन बाहिरको आदेशबाट चलेको बताएका हुन्।

संसद्ले बनाएको कानुनबाट प्रशासन नचलेको उनको भनाइ थियो। यसबारे संसद्ले ध्यान दिन नसकेको उनले औँल्याए। राजनीतिक पार्टीहरू सत्ताको स्वार्थमा डुबिरहेको उनले बताए।

संसद्ले बनाएका कानुन प्रशासनले नमान्नु भनेको संसद्को अपमान भएको र अहिले सोही कुरा देखिरहेको उनको भनाइ थियो। ‘कानुनभन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानुन, नियमावली, आदेश केही पनि संसद्ले बनाएको विधेयकभन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर कानुन बनाउने हो,’ उनले भने, ‘अहिले म सुन्दैछु, संसद्ले एउटा कानुन बनाउँछ तर अरु अरुकै आदेशबाट प्रशासन चलिरहेको छ। त्यो हेर्ने को हो? तपाईहरू संसद्ले हेर्ने होइन?’

प्रकाशित: १६ असार २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =