धनगढीमा पाँच जनाभन्दा बढी नहिँड्न प्रशासनको आदेश

हिमाल प्रेस १५ मंसिर २०७९ १९:०९
12
SHARES
धनगढीमा पाँच जनाभन्दा बढी नहिँड्न प्रशासनको आदेश ग्रेडरले किचेर बालिकाको मृत्यु भएपछि नाराबाजी गर्दै विद्यार्थीहरू। तस्बिर- पदमराज भट्ट/हिमाल प्रेस

धनगढी– धनगढीमा स्थानीय प्रशासनले पाँच जनाभन्दा बढी व्यक्ति हिँडडुल गर्न रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार अपराह्यन एक आदेश जारी गर्दै यस्तो बताएको हो। बिहीबार बेलुका ७ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्मका लागि प्रशासनले यस्तो आदेश जारी गरेको हो।

बिहीबार धनगढी उपमहानगरपालिका ५ स्थित पञ्चोदय मावि हसनपुर कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए।

यसक्रममा विद्यार्थीहरूले स्थानीय प्रहरीविरुद्ध नाराबाजी गर्दै टायर जलाएर विरोध गरेपछि बिहीबार दिनभर धनगढी तनावग्रस्त बनेको थियो।

आन्दोलित विद्यार्थी र आक्रोशित स्थानीबासीबाट हुनसक्न सम्भावित आगजनी रोक्न जिप्रका कैलालीले उक्त आदेश जारी गरेको हो।

‘बैतडी जिल्लाको डिलासैनी गाउँपालिका ६ बस्ने गणेश साउदकी छोरी वर्ष १५ की चेतना साउँद हाल यस जिल्लाको धनगढी उपमहानगरपालिका ५ स्थित पञ्चोदय मा.वि. हसनपुर कक्षा ८ मा अध्ययनरत छात्राको ०७९/०८/१५ गते बिहान १०:१५ बजे विद्यालय जाने क्रममा धनगढी उपमहानगरपालिका ५ स्थित पीपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरबाट दुर्घटना हुँदा मृत्यु भएको हो,’ आदेशमा भनिएको छ, ‘उक्त घटनापश्चात् सिर्जना भएको परिस्थितिलाई मध्यनजर गर्दै हुन सक्ने अराजक गतिविधिहरूलाई नियन्त्रण गरी सर्वसाधारण नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न आवश्यक देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम आदेश जारी गरिएको छ।’

हेर्नूस् आदेश:

प्रकाशित: १५ मंसिर २०७९ १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =