तिनाउ नदीमा पानीको सतह बढ्यो, हजारौँ घर जोखिममा

विनोद परियार १६ असार २०८० ९:५६
24
SHARES
तिनाउ नदीमा पानीको सतह बढ्यो, हजारौँ घर जोखिममा

लुम्बिनी– निरन्तरको वर्षाले लुम्बिनीका ठूला नदीहरूमा जलसतह बढेको छ। रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा निरन्तर वर्षा भएकाले तिनाउ नदीमा पानीको सतह बढेको छ।

रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी पश्चिम र आसपास भई बहने केही स-साना नदीहरूमा आकस्मिक बाढी आउने मौसम विभागले जनाएको छ।

वर्षासँगै नदीमा जलसत बढेकाले आकस्मिक बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ।

बाढी मापन केन्द्र बुटवलले सुचना जारी गर्दै पछिल्लो ३ घन्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भएकाले नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकाले सर्तक रहन सचेत गराएको छ।

तिनाउ नदीको जलसतह खतरा तहभन्दा माथि रहेको सचेत रहन बाढी सूचना केन्द्रले जनाएको छ। ‘तिनाउ नदीको जलसतह खतरा तहभन्दा माथि रहेको र आज खतरा तह माथि नै रहने पुर्वानुमान रहेको छ,’ बाढी सूचना केन्द्रले सूचनामा भनेको छ।

तिनाउ नदीमा पानीको सतह बढेकाले सर्तकता अपनाउन बुटवल उपमहानगरले सचेत गराएको छ। मेयर खेलराज पाण्डेयले तिनाउ नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेका छन्।

तिनाउ नदीमा पानीको सतह बढेसँगै नदी किनारका बासिन्दा त्रसित छन्। यस नदीमा जल सतह बढेका कारण बुटवलमा मात्रै करिब २० हजार घरधुरी बाढीको जोखिममा छन्।

लुम्बिनी प्रदेशका त्रिवेणी, राप्ती, बबई नदीमा पनि बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यता निरन्तरको वर्षापछि आएको बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध छ। यस्तै बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरो खस्दा यातायात सेवा ठप्प छ।

बुटवल बजार क्षेत्रमा थुनिएको पानीले निकास नपाउँदा बजार जलमग्न भएको छ। यसबाट बजारमा हुने व्यापार व्यवसायसमेत प्रभावित बनेको छ।

प्रकाशित: १६ असार २०८० ९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =