काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुशान र भ्रष्टाचार नियन्त्रबारे १३ बुँदे प्रस्ताव पार्टी केन्द्रीय समिति बैठकमा पेस गरेका छन्। कांग्रेस केन्द्रीय समितिको सोमबारको बैठकमा थापाले लिखितरुपमा आफ्नो प्रस्ताव दर्ज गरेका हुन्।
उनले राजनीतिक दलको कुनै पनि पदमा रहेक पदाधिकारीको आचरणका विभिन्न पाटा मध्ये फौजदारी अभियोग गम्भीर र संवेदनशील विषय भएको उल्लेख गर्दै त्यस्तो आरोप लागेका पदाधिकारीलाई राजनीतिकरुपमा संरक्षण गर्न नहुने उल्लेख गरेका छन्।
यस्तो छ उनको प्रस्ताव
प्रकाशित: ८ साउन २०८० १९:४६ | Monday, July 24, 2023
प्रतिक्रिया


