जस्ताको तस्तै पारित भयो बजेट

हिमाल प्रेस १३ असार २०८० १६:४२
82
SHARES
जस्ताको तस्तै पारित भयो बजेट

काठमाडौँ– आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधनबिना पारित भएको छ।  प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट बहुमतबाट पारित गरेको हो। मतदान प्रक्रियामा कुल २५५ सांसद सहभागी भएका थिए।

प्रस्तावका पक्षमा बहुमत भएकाले सो प्रस्ताव पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए। पक्षमा १४७ र विपक्षमा १०८ मत परेको थियो। संघीय प्रतिनिधिसभा २७५ सदस्यीय छ।

पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत सत्तारुढ दलले मत हालेका थिए। एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले विपक्षीमा मत दिएका थिए। यसअघि सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा बजेट पारित भएको घोषणा गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्यसमा असहमति जनाउँदै मत विभाजनको प्रक्रियामा जान माग गरेको थियो। एमालेको मागपछि सभामुखले बजेट पारित प्रक्रियालाई मत विभाजनमा लगेका थिए।  सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

प्रकाशित: १३ असार २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =