देशभर मनसुनी प्रभाव, यी चार प्रदेशमा हावाहुरीसहित वर्षा हुने

हिमाल प्रेस १३ असार २०८० ६:३०
6
SHARES
देशभर मनसुनी प्रभाव, यी चार प्रदेशमा हावाहुरीसहित वर्षा हुने

काठमाडौँ– बुधबार (आज) कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

हाल देशभर मनसुनी वायुको प्रभावले मौसममा यस्तो बदली देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका सीमित स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीकोसमेत सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका सीमित स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका तराईका अधिकांश तथा बाँकी प्रदेशका तराईका सीमित स्थानमा हावा हुरीको सम्भावना छ।

देशभर मनसुनको प्रभाव रहेकाले वर्षाका कारण खोला, नदीको बहाव बढ्ने, बाढी पहिरो जाने सम्भावना रहेकाले यस्ता सम्भावित जोखिमबाट सतर्क रहन पनि महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

प्रकाशित: १३ असार २०८० ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =