कालिकोटलगायत ७ ठाउँ औद्योगिक ग्राम घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

हिमाल प्रेस १२ असार २०८० १८:४१
8
SHARES
कालिकोटलगायत ७ ठाउँ औद्योगिक ग्राम घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ- सरकारले कालिकोटलगायतका ७ ठाउँ औद्योगिक ग्रामका रूपमा घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कालिकोटलगायत ७ ठाउँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषद्ले कालिकोटको रास्कोट नगरपालिका–६ र कालिकोटकै नरहरिनाथ गाउँपालिका–२ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ।

त्यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिका–४, पाल्पाको रम्भा गाउँपालिका–३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका–१३, पर्साको जगरनाथपुर गाउँपालिका–५ र बाराको महागढीमाई नगरपालिका–५ मा गरी ७ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

त्यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको पनि उनले बताइन्।

प्रकाशित: १२ असार २०८० १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =