बजेट संशोधन हुँदैन : अर्थमन्त्री

हिमाल प्रेस ११ असार २०८० १७:५४
2
SHARE
बजेट संशोधन हुँदैन : अर्थमन्त्री डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ- विपक्षी सांसदहरूले आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन गर्नुपर्ने माग गरिरहेका बेला सरकार भने बजेट संशोधन नगरी पारित गर्ने पक्षमा देखिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि संशोधन बिना बजेट पारित हुने बताएका हुन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले बजेट असार १३ गते पास हुने बताए। उनले भने, ‘आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन। पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ।’ विपक्षी सांसदहरूले भने बजेट संशोधन हुनुपर्ने अडान राख्दै आएका छन्।

उनले बजेट ल्याउँदा सीमित स्रोतसाधनलाई दृष्टिगत गरिएको बताए। देशको वास्तविकता आर्थिक अवस्थाअनुसार बजेट ल्याइएको दाबी उनको छ। उनले भने, ‘थोरै साधनस्रोत र धेरै आवश्यकता अहिलेकोे वास्तविकता हो। सम्भावित स्रोतसाधनलाई मध्यनजर गरेर नै बजेट ल्याइएको हो।’

उनले बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेको टिप्पणी गरे। उनले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि आश्वासन दिए।

‘आवश्यकताअनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति दिइरहनुभएको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने एउटा कुरा हो। तर थोरै साधनस्रोतभित्र रहेर मैले गर्न सक्ने गरेको छु। बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast