नरैनापुर गाउँपालिकाले ल्यायो साढे ४८ करोडको बजेट

हिमाल प्रेस १० असार २०८० १९:४५
4
SHARES
नरैनापुर गाउँपालिकाले ल्यायो साढे ४८ करोडको बजेट

बाँके- बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४८ करोड ६२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। यसमा स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि ५ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि ३ करोड ३० लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ। पूर्वाधार विकास क्षेत्रको लागि १० करोड र सामाजिक विकासको क्षेत्रमा २० करोड बजेट छुट्याइको छ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ५ करोड बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। सामुदायिक विद्यालयको शिक्षा सुधारमा गाउँपालिकाले प्राथमिकता दिएको छ।

अल्पसंख्यक, जेहेन्दार र अति विपन्न वर्गका सामुदायिक विद्यालमा अध्ययनरत बालबालिकालाई १२ कक्षा सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने, जीवन पर्यन्त शिक्षालाई निरन्तरता दिन सामुदायिक सिकाई केन्द्रलाई प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गर्ने गाउँपालिकाको योजना छ।

कृषिको व्यवसायीकरण, यान्त्रीकरण र आधुनिकीकरण गर्ने पनि जनाइएको छ। गाउँपालिकाले कागती, मेवालगायत खेतीलाई प्रवद्र्धन गर्ने भएको छ।

प्रकाशित: १० असार २०८० १९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =