परिसंघको नयाँ कार्यसमिति, अध्यक्षमा अग्रवाल

हिमाल प्रेस ९ असार २०८० २०:१०
2
SHARE
परिसंघको नयाँ कार्यसमिति, अध्यक्षमा अग्रवाल

काठमाडौँ- नेपाल उद्योग परिसंघको नयाँ कार्यसमिति निर्वाचित भएको छ। कार्यसमितिको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्। परिसंघको २०औँ वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो। यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधानअनुसार स्वतः अध्यक्ष भएका हुन्।

उनी करिब डेढ दशकदेखि परिसंघमा छन्। यसअघि उनले परिसंघमा राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक भएर पनि काम गरिसकेका छन्।

काठमाडौँमै जन्मेका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा छन्। आरएमसी ग्रूपका कार्यकारी निर्देशकसमेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायत व्यापारमा संलग्न छन्।

परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई शपथ ग्रहणसहित पदभार हस्तान्तरण गरे। शनिबार काठमाडौँमा सम्पन्न वार्षिक साधारणसभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल चयन भएका छन्। त्यस्तै आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा र विरेन्द्रराज पाण्डे परिसंघको राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएका छन्।

त्यस्तै लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दिप शारडा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी पनि परिषद्को सदस्यमा निर्वाचित भएका छन्। त्यस्तै राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानीया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल र आदित्य संघाई निर्वाचित भएका छन्।

निर्वाचित सदस्यहरूबाट ७ जना सर्वसम्मत रूपमा उपाध्यक्ष चयन भएका छन्। परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका छन्।

अमित मोर र भीम घिमिरे पहिलोपटक परिसंघको उपाध्यक्ष बनेका हुन्। त्यस्तै परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनित भएका छन्।

अध्यक्ष राजेशकुमार अग्रवालले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरूलाई शपथ ग्रहण गराए। परिसंघ अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिलाई संस्थागत गर्दै थप उचाईमा पुर्‍याउन सक्रिय भएर लाग्ने बताए।

प्रकाशित: ९ असार २०८० २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =