सामाजिक सुरक्षा कोषले गर्‍याे ५ अर्ब रुपैयाँ भुक्तानी

हिमाल प्रेस ९ असार २०८० १४:०८
2
SHARE
सामाजिक सुरक्षा कोषले गर्‍याे ५ अर्ब रुपैयाँ भुक्तानी

काठमाडाैँ- सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई करिब ५ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई ४ अर्ब ७९ करोड रुपैयाँ भुक्तानी गरेको हो।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ। हालसम्म कोषबाट ८४ हजार ६ सय ७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन्।

काेषले हालसम्म औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ५५ करोड ४४ लाख ४७ हजार ४ सय ८, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ६ करोड ७४ लाख ९२ हजार २ सय ६२ रुपैयाँ भुक्तानी गरेकाे छ।

त्यस्तै आश्रित परिवार सुरक्षा योजनाबापत ७ करोड ९६ लाख ७६ हजार २ सय २६ रुपैयाँ र वृद्धावस्था सुरक्षा योजनाबाट ४ अर्ब ९ करोड ५८ लाख ३३ हजार तीन सय ९९ भुक्तानी गरिएको कोषले जानकारी दिएको छ।

कोषमा हालसम्म ३५ अर्ब १० करोड रुपैयाँ योगदान रकम संकलन भएकाे छ। कोषमा औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रका श्रमिक आबद्ध हुँदै आएका छन्। अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम अन्तिम चरणमा पुगेकाे काेषाले जानकारी दिएको छ।

कोषमा १७ हजार ९ सय ६४ रोजगारदाता र ५ लाख ९२ हजार ९ सय २४ श्रमिक सूचीकृत भएका छन्। सरकारले २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजना घोषणा गर्दै कार्यक्रम सुरु गरेको थियो।

प्रकाशित: ९ असार २०८० १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =