कैलाली कारागारमा कैदीबन्दीको हातपातबाट प्रहरीका असई घाइते

हिमाल प्रेस ९ असार २०८० १३:२१
1.0k
SHARES
कैलाली कारागारमा कैदीबन्दीको हातपातबाट प्रहरीका असई घाइते

धनगढी– कैलाली कारागारमा अनुगमन गर्न पुगेका प्रहरीमाथि कैदीबन्दीले हातपात गरेका छन्। जिल्ला प्रहरी कार्यालयबाट कारागार अनुगमनमा खटिएका प्रहरीमाथि कैदीबन्दीहरुले हातपात गरेका हुन्।

कैदीबन्दीले हातपात गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) भूपेन्द्र सामन्त घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

अनुगमन सकेर निस्किने क्रममा समान्य धकेलाधकेल हुँदा सोही क्रममा प्रहरी सहायक निरीक्षक सामन्तमाथि चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका १५ थान मोबाइल, ३३ थान चार्जर र १ लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ। बरामद गरिएको मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको छ।

कैलाली कारागारका जेलर पदम तिमल्सिनाले कैदीबन्दी-प्रहरीबीच आज भएको भनिएको घटना छानबिनको क्रममा रहेको धेरै कुरा तत्काल खुलाउन नमिल्ने बताए। ‘भएको के हो यसबारे छानबिन भइरहेको अहिले केही बोल्न मिल्ने अवस्था छैन। छानबिनक क्रममा धकेल धाकल भएको हो भन्ने छ। छानबिन समिति बसेर निष्कर्ष निकाल्छौं,’ उनले भने।

कैलाली कारागारमा मदिरा र लागुऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासो बढ्दो रहेको छ।

प्रकाशित: ९ असार २०८० १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =