चितवनका १५ महिला कैदीबन्दीलाई भीमफेदी सारियो

हिमाल प्रेस २० पुष २०७९ १६:१९
6
SHARES
चितवनका १५ महिला कैदीबन्दीलाई भीमफेदी सारियो

चितवन- चितवन कारागारामा कैदीबन्दीको संख्या बढेसँगै केहीलाई स्थानान्तरण गरिएको छ। चितवनमा रहेका १५ महिला कैदीलाई मगवानपुरको भीमफेदी कारागारमा स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ। कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८ जना पुगेपछि उनीहरूलाई स्थानान्तरण गरिएको हो। योसँगै अहिले यहाँको महिला कैदीबन्दी गृहमा ५२ जना रहेका छन्। उनीहरूसँग चारजना आश्रित बालबालिका छन्। उनीहरूलाई पुस १२ गते स्थानान्तरण गरिएको आचार्यले जानकारी दिए।

भीमफेदी कारागारमा महिलाका लागि नयाँ कैदीबन्दी गृह बनेसँगै उनीहरूलाई स्थानान्तरण गरिएको हो। यसअघि मकवानपुरमा महिला कैदीबन्दी गृह थिएन। जसका कारण त्यहाँबाट कारागार कार्यालय चितवन पठाउने गरिन्थ्यो। कारागार कार्यालय चितवनमा अहिले सात सय २८ पुरुष कैदीबन्दी छन्। २५५ जनाको क्षमता रहेको यस पुरुष कैदीबन्दी गृहमा कैदीबन्दीको चाप उच्च रहेको छ।

छिमेकी जिल्ला नवलपुरमा कारागार कार्यालय नहुँदा त्यहाँका कैदीबन्दीसमेत यहाँ आउने भएकाले चाप बढेको हो। पुरुष कैदीबन्दीको चाप बढेसँगै केही महिना अघि ५५ जनालाई स्थानान्तरण गरिएको थियो। चिसो बढेसँगै कारागारमा रहेका कैदीबन्दीमा रुघा खोकीको समस्या देखिएको भए पनि आन्तरिक रुपमा व्यवस्थापन गरिएको उनले जानकारी दिए। रासस

प्रकाशित: २० पुष २०७९ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =