सीमित नेताको सिन्डिकेटबाट मुलुक आक्रान्त भयो : कमल थापा

हिमाल प्रेस ९ असार २०८० १०:५८
8
SHARES
सीमित नेताको सिन्डिकेटबाट मुलुक आक्रान्त भयो : कमल थापा

महोत्तरी– राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले सीमित नेताको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको दाबी गरेका छन्।

पार्टी नेता एवम् पूर्वउपसभामुख स्वर्गीय रामविलास यादवको महोत्तरीको एकडारा गाउँ पालिकामा निर्मित सालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

०६२/६३ को परिवर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, सनातन धर्म-संस्कृति र पहिचान मेटिएको, विधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रूपमा बढेको उनको भनाइ छ।

निष्ठा, इमानदारी र आदर्शको राजनीति कमजोर भएको भन्दै केही सीमित दलका सीमित नेताको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको उनले आरोप लगाए।

ठूला भनिने राजनीति दलका नेताहरू भ्रष्टाचारका ठूला काण्डमा मुछिने र उन्मुक्ति पाउनका लागि कानुनलाई हातमा लिने दुष्प्रयास गरेको भइरहेको भन्दै यस्तो अक्षम्य काम नगर्न उनले राजनीतिक दलहरूलाई सचेत गराए।

लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइएको भन्दै उनले राजा, हिन्दू राष्ट्र, एकात्मक राज्यप्रणाली अन्त्य भएपछि देश बन्छ भन्नेहरूले मुलुकलाई अधोगतितर्फ धकेलेको उनले जिकिर गरे।

यादव राष्ट्रवादी ,विकासप्रेमी र मधेशी जनताको हितमा कृयाशील व्यक्ति भएको भन्दै थापाले उनको स्मरण गरे।

प्रकाशित: ९ असार २०८० १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =