ताप्लेजुङ पहिरोमा बेपत्ताको कुशको शव बनाएर दाहसंस्कार

हिमाल प्रेस ९ असार २०८० ७:४२
4
SHARES
ताप्लेजुङ पहिरोमा बेपत्ताको कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङ– एक साताअघि पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिंवा गाउँपालिकास्थित मेहेलेका ३ जना अझै नभेटिएपछि उनीहरूका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन्।

बेपत्ता बनेका एकै परिवारका ३ जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन्। बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए।

पहिरोले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन्। पहिरोमा परी मेहेलेकै ३ जनाको निधन भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =