रवि लामिछानेको प्रस्ताव : प्रहरीमा जवान र हवल्दारको स्वेच्छिक अवकास १६ वर्ष कायम गरौँ

हिमाल प्रेस ८ असार २०८० १८:२९
300
SHARES
रवि लामिछानेको प्रस्ताव : प्रहरीमा जवान र हवल्दारको स्वेच्छिक अवकास १६ वर्ष कायम गरौँ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले नेपाल प्रहरीका जवान र हवल्दारको स्वेच्छिक अवकासलाई १६ वर्ष कायम गर्न प्रस्ताव गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले यस्तो बताएका हुन्।

‘प्रहरी जवान र हवल्दारको स्वेच्छिक अवकासलाई १६ वर्षे गरिनुपर्छ। जुनियर अधिकृतहरूको १८ वर्षे र सिनियर अधिकृतको २० वर्षे गरिनुपर्छ,’ उनले भने, ‘२० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था गरिनुपर्छ।’ आजकै बैठकमा लामिछानेले सरकार सत्ता कसरी टिकाउने भन्नेमा केन्द्रित भएको पनि बताएका थिए।

 

प्रकाशित: ८ असार २०८० १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =