रवि लामिछानेले भने : सरकार सत्ता टिकाउन लाग्यो, प्रधानमन्त्री धेरै कुरामा अल्झिनु भयो

हिमाल प्रेस ८ असार २०८० १६:२६
8
SHARES
रवि लामिछानेले भने : सरकार सत्ता टिकाउन लाग्यो, प्रधानमन्त्री धेरै कुरामा अल्झिनु भयो फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको बताएका हुन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुनेभन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए।

सभापति लामिछानेले राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको आरोप उनको छ।

‘सरकार अल्मलियो। सरकार गठबन्धन भित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो। सरकारमै सहभागी भएका दलहरूले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौँ। यो चाँही मोर्चा बनाएको थाहा पायौँ। मोर्चामा सरकारमै सहभागी दलहरू छन्,’ उनले भने, ‘अब यो के हो? बुझ्न जरुरी भयो। त्यही गठबन्धन भित्र भएको ठूलो दलको नेता देशमै नभएको बेलामा सरकारभित्रै सहभागी दलहरू मिलेर अर्को मोर्चा बनाउनु अनि यी महत्वपूर्ण विषयहरू ओझेलमा पर्नु यसलाई अलि ध्यानमा राख्नुपर्छ कि भनेर मैले आज यो विषयमा जोड दिएँ।’

प्रकाशित: ८ असार २०८० १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =