जेएमसीको भिगस प्लस पिकअपमा ७५ प्रतिशत फाइनान्स सुविधा

हिमाल प्रेस ८ असार २०८० १४:४४
जेएमसीको भिगस प्लस पिकअपमा ७५ प्रतिशत फाइनान्स सुविधा

काठमाडौँ- जेएमसी नेपालले भिगस प्लस पिकअप गाडीमा आकर्षक फाइनान्स सुविधा ल्याएको छ।

यसअनुसार ग्राहकले गाडी मूल्यको ७५ प्रतिशतसम्म फाइनान्सको सुविधा पाउने भएका छन्। ग्राहकले मूल्यको २५ प्रतिशत नगद र अन्य विवरण बुझाएको २४ घण्टामै गाडी डेलिभरी दिने विक्रेता शौर्य ग्रुपले जनाएको छ।

शौर्य शंकर ग्रुपको भागिनी संस्था हो। शौर्यले भिगस प्लसमा आकर्षक नगद छुट र एक्सचेन्जको सुविधा पनि ल्याएको छ। त्यसका साथै टेस्ट ड्राइभमा उपहारसमेत दिँदै आएको कम्पनीले जनाएको छ।

फोर ह्विल ड्राइभसहितको भिगस प्लस पिकअप चिनियाँ गाडी हो। भिगसले चीनमा ट्राभलर भ्यान र कार्गो ट्रकलगायत गाडीसमेत उत्पादन गर्छ।

प्रकाशित: ८ असार २०८० १४:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =