विपद् प्रभावित क्षेत्रमा ‘लाइफ लाइन कनेक्टिभिटी’ : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस ६ असार २०८० १८:१४
4
SHARES
विपद् प्रभावित क्षेत्रमा ‘लाइफ लाइन कनेक्टिभिटी’ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा ‘लाइफ लाइन कनेक्टिभिटी’ जोड्ने काम भइरहेको बताएका छन्।

बुधबार सिंहदरबारमा मनसुनजन्य विपद्बाट विभिन्न जिल्लामा भएको क्षतिको विषयमा भएको छलफलमा बोल्दै उनले सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा सडक, खानेपानी, विद्युत्, खाद्यान्नलगायतका ‘कनेक्टिभिटी’ तत्काल जोड्ने गरी काम गरिरहेको बताएका हुन्।

‘पूर्वका जिल्लामा भएको बाढीपहिरोबाट बेपत्ता भएकाहरूको खोज र उद्धार कार्यलाई प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘स्थानीयवासी र वस्तीको स्थानान्तरण नभएको भए तत्काल वस्ती स्थानान्तरण गर्ने कुरालाई प्राथमिकता दिन्छौँ।’

उनले बाढीपहिरोबाट मानव र वस्ती जोगाउनु सरकारको कर्तव्य भएको बताए। उनले कनेक्टिभिटीलाई प्राथमिकताको आधारमा सरकारले कार्ययोजना बनाएर काम थालेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 13 =